नियम ९
हाजिर हुनु पर्ने
(१) नियम ८ बमोजिम खटाइएको कर्मचारी ऐनको दफा ७ को व्यवस्थाको अधीनमा रही आफू खटिइएको कार्यालयमा हाजिर हुन जानु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समयभित्र हाजिर हुन नजाने कर्मचारीलाई कानून बमोजिम विभागीय सजाय हुनेछ ।
(३) नियम ८ बमोजिम खटाइएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु त्यस्तो कर्मचारी खटिएको निकाय वा कार्यालयको प्रशासकीय प्रमुख वा अधिकारीको कर्तव्य हुनेछ ।
(४) नियम ८ बमोजिम खटाइएको कर्मचारी हाजिर हुनासाथ सम्बन्धित कार्यालयले सोको जानकारी मन्त्रालय, सेवा सञ्चालन गर्ने निकाय र निजामती किताबखानालाई गराउनु पर्नेछ ।